मृत्युको २२ वर्षपछि स्ट्यान्ली कुब्रिकको स्क्रिप्टमा फिल्म बन्दै

लसएन्जल्स : ‘२००१ स्पेस ओडीसी’, ‘क्लकवर्क ओरेन्ज’ जस्ता फिल्मका निर्देशक स्ट्यान्ली कुब्रिकले लेखेर राखेका तर बनाउन नपाएका तीन स्क्रिप्टमा फिल्म बन्ने भएका छन् । उनले लेखेका तीनमध्ये, ‘लुनाटिक एट लार्ज’ शीर्षकको स्क्रिप्टमा भने यही वर्ष फिल्म बन्ने भएको हो ।
निर्माताद्धय ब्रुस हन्ड्रिक्स र गलेन वाकरले कुब्रिकको अप्रकाशित स्क्रिप्टमाथि फिल्म बनाउन लागेका हुन् । नोयर विधाको यो स्क्रिप्टलाई जिम थम्सनले अन्तिम रुपमा दिएका हुन् । फिल्मको सुटिङ यही वर्षको अन्त्यतिर सुरु हुने बताइएको छ । फिल्मको निर्देशन र कलाकारको बारेमा भने निर्माताले अझै जानकारी गराएका छैनन् ।
कुब्रिकका स्क्रिप्टमाथि यसअघि पनि थुप्रै निर्माता\निर्देशकले फिल्म बनाउने चेष्टा गरेका थिए । कुब्रिकले बनाउँदा बनाउँदै रोकिएको ‘नेपोलियन एपिक’ पनि स्टिभन स्पिलवर्गले एचबीओका लागि मिनिसिरिज बनाउने घोषणा गरेका थिए । तर, त्यो घोषणा घोषणामा मात्र सीमित रहेको थियो । कुब्रिकको सन् १९९९ को मार्चमा मृत्यु भएको थियो ।

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

६ वर्षपछि सिनेमामा फर्किए जोनी डेप

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सैफअलीमाथि हमला : अन्य व्यक्ति पनि संलग्न भएको आशंका

सैफअली हमला : आक्रामणकारीले चक्कु तीन टुक्रा पारेको खुलासा

एक्समा फ्लोअर्स नबढेपछि अभिताभ बच्चनलाई फ्यानले दिए यस्ता सुझाव

श्रीनगरमा ३८ वर्षपछि पहिलो फिल्मको रेड कार्पेट प्रिमियर

प्रतिक्रिया