पहिलो महिला जेम्स बोन्ड बन्ने प्रियंकाको रहर

मुम्बई : जेम्स बन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’को प्रदर्शन मिति तीन चोटि सरिसकेको छ । अब फिल्म यो वर्षको अन्त्यतिर मात्र रिलिज हुँदैछ । यो फिल्मसँगै जेम्स बन्डको रुपमा काम गरिरहेका डेनियल क्रेगले सिरिजबाट बिदा लिने घोषणा गरिसकेका छन् ।
उनको यो घोषणासँगै नयाँ जेम्स बन्डको खोजी सुरु भएको छ । थरिथरिका नाम चर्चामा आउने गरेका छन् । तर, चर्चाकै भिडमा अबको जेम्स बन्ड महिला बनाउनु पर्ने माग उठेको छ र यसका लागि थुप्रै नाम अगाडि आएका छन् । यसैबीच प्रियंका चोपडाले पनि आफ्नो दाबेदारी सार्वजनिक गरेकी छिन् ।
भर्खरै ‘अनफिनिस्ड’शीर्षकको जीवनी प्रकाशित गरेकी प्रियंकाले यही पुस्तकको प्रवद्र्धनका क्रममा आफू पहिलो महिला जेम्स बन्ड आतुर रहेको बताएकी छिन् । ‘ मैले पहिला पनि भनेकी छु, जेम्स बन्ड मेरो मनपर्ने सिरिज हो । यदि यसका लागि निर्माताले मलाई योग्य ठाने भनेँ अवश्य गर्नेछु,’ उनले भनेकी छिन् । प्रियंकाले भर्खरै लन्डनमा नै ‘टेक्स्ट फर यु’ फिल्मको सुटिङ सकाएकी थिइन् ।

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

प्रतिक्रिया