भगरथीका भावुक ‘स्टाटस’

धनगढी : ‘घमण्ड नगर्दा हुन्छ पृथ्वीको पाहुना हो हामी । मालिक होइन,’ १९ माघमा बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् । त्यसको ४८ घण्टा नपुग्दै चडेपानीमा भागरथी वेपत्ता भएको खबर फैलिएको थियो ।
दोस्रो दिन भागरथीले स्टाटसमा लेखेको जस्तै भयो । पाहुनाको रुपमा पृथ्वीमा आएकी उनले मानवचोला त्यागिन । १७ बर्षको कलिलो उमेरमै भागरथीको बलात्कारपछि विभत्स हत्या गरियो र त्यो स्टाटस भागरथीकै जीवनसंग मेल खायो ।
त्यसअघि १३ माघमा भागरथीले फेसवुमा लेखेकी थिइन्, ‘खुसी मात्र देखिन्छु । कति टुटेको छु, त्यो त म आफैँलाई थाँहा छ ।’ यो स्टाटसले भागरथी निराश भएको दर्शाउँछ । तर त्यो निराशा के–को थियो ? सोध्नलाई उनी नै छैनन् ।
२९ पुसमा लेखेको स्टाटसले पनि भागरथीकै जीवनमा मेल खान्छ । उनले लेखेकी थिइन्, ‘आजकालका मित्र पनि के बिचित्र, मुखमा रामराम बलगीमा छुरा ।’ उनले स्ट्याटसमा लेखेको जस्तै अहिले प्रहरीले पनि भागरथीको बलात्कार र हत्यामा परिचित व्यक्ति नै संलग्न रहेको आशंका गरेको छ ।
भागरथीका नजिकका साथी, घटना भएको दिन उक्त बाटो भएर हिँडडुँल गर्ने परिचित व्यक्ति र सो दिनदेखि भारत गएका भागरथीका परिचित व्यक्तिसंग प्रहरीले सोधपुछ गरिरहेको छ । मुखमा रामराम र बलगीमा छुरा कसले प्रहार गर्यो प्रहरी खोजीमा छ ।
२८ असोजमा भागरथीले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसले भने उनको लक्ष्य र सपनालाई दर्शाउँथ्यो । हसिलो अनुहारसहितको आफ्नै फोटो हालेर उनले लेखेकी छिन्, ‘धेरै ठूलो सपना छैन् मेरो । बस यो मुस्कान जस्तै सुन्दर जीवन बनाउन सकू ।’ तर उनको सुन्दर जीवन बनाउने सपनामाथि २१ माघमा बज्रपात भयो । डेढ महिनाअघि श्रीमान गुमाएर एक्ली भएकी आमालाई जीवनभर सहारा दिने सपना पनि चुडियो । बुवाको देहावसान भएपछि घर मूलीको जिम्मेवारी काँधमा लिएर बिचलिन नहुने उनको स्वभावमाथि पनि तुषारापात भयो ।
सनातन माध्यमिक विद्यालयमा व्यवस्थापन सङ्काय अन्तर्गत १२ कक्षामा लेखा विषय लिएर अध्ययनरत गर्ने गाउँकी एक्ली थिइन् भागरथी । सरकारी जागिरे बन्ने सपना थियो उनको । तर त्यो सबै असफल बनाइदिए अपराधिक मानसिकता बोकेका व्यक्तिले ।
गत बुधबार विद्यालयबाट घर फर्किदा हराएकी भागरथी दोस्रो दिन विद्यालयबाट साढे दुई किलोमिटर र घरबाट डेढ किलोमिटरको बीचमा वीभत्स हत्या गरिएको अवस्थामा फेला परिन् । घटनाको आज ८ दिन भईसकेको छ तर प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउन सकेको छैन् । उनको शव अस्पतालमै राखिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अनुसन्धान साँघुरिदै गएको र छिट्टै परिणाम सार्वजनिक हुने दाबी गर्दै आएको छ ।

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

प्रतिक्रिया