गोरखामा सवारी दुर्घटना, एकको मृत्यु

काठमाडौँ : बिहीबार गोरखामा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । गोरखा आँबुखैरेनी सडकको नौ किलो सडकखण्डमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा अजीरकोट गाउँपालिका ३ हंसपुरका ३२ बर्षका केशव दवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारका लागि गोरखा अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो ।
गोरखातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२–०२२ प ६४२२ नम्बरको मोटरसाइकल र गोरखाबाट चितवन जादै गरेको ग १ ख ४५२२ नम्बरको यात्रुबाहक बस दिउसो पौने तीनबजे ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।घाइतेमध्यका अर्का सिरानचोक गाउँपालिका ८ का १७ बर्षीय विशाल पन्तको चितवनमा उपचार भइरहेको छ । उनी मोटरसाइकल चालक हुन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया