चुनावको मुखैमा अमेरिकामा शुक्रबार ९४ हजार कोभिड संक्रमित

अमेरिकामा २४ घण्टाको अवधिमा कम्तीमा ९४ हजार मानिस कोभिड-१९ बाट सङ्क्रमित भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । राष्ट्रपतीय निर्वाचन केही दिन बाँकी रहँदा त्यहाँका दजर्नौँ राज्यमा सङ्क्रमितको सङ्ख्या निकै बढेको छ ।
यसअघि बिहीवार ९१ हजार सङ्क्रमित फेला पर्दा नयाँ कीर्तिमान बनेको थियो । त्यो फेरि भङ्ग भएको छ । जोन्स हप्किन्स् यूनिभर्सिटीको तथ्याङ्कअनुसार अमेरिकामा अहिलेसम्म कुल ९० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
अस्पतालहरूको चेतावनी
डोनाल्ड ट्रम्प र जो बाइडनबीच मङ्गलवार चुनावी प्रतिस्पर्धा हुँदैछ । दैनिक मृत्यु हुनेको सङ्ख्या पनि शुक्रवार बढेर ९३३ पुगेको छ । महामारीको मारमा परेका २१ वटा राज्यमध्ये सन् २०२० को चुनावमा निर्णायक हुने ठानिएका राज्यहरूमा निकै गम्भीर प्रभाव देखिएको छ ।
तीव्र प्रतिस्पर्धा हुने राज्य विस्कन्सिनका अस्पतालहरूले शुक्रवार हुने राष्ट्रपति ट्रम्पको चुनावी र्यालीले प्रकोपलाई झन् नराम्रो बनाउन सक्ने चेतावनी दिएका छन् । विभिन्न अस्पतालहरूले संयुक्त विज्ञप्ति निकाल्दै भनेका छन्, 'अमेरिकामा निकै तीव्र रूपमा सङ्क्रमण बढेका स्थानहरूमा, विशेषगरी विस्कन्सिनको ग्रीन बेमा ठूला भिडबाट टाढै रहनु अरू बेलाभन्दा अहिले निकै महत्त्वपूर्ण छ ।'
ट्रम्पका पछिल्ला र्यालीहरूमा सहभागीहरूलाई मास्क दिइनुका साथै उनीहरूको स्क्रीनिङ गरिएको थियो ।
'अमेरिका गलत बाटोमा'
महामारीका कारण त्यस्ता कार्यक्रमहरू खुला स्थानमा आयोजना गरिएका थिए । तर त्यहाँ सामाजिक दूरी नियम पालना भएको छैन र केही समर्थकहरू मास्क पनि लगाउँदैनन् । बाइडनले पनि चुनावी अभियान गरिरहेका छन् । तर डेमोक्र्याटहरूको र्यालीमा समाजिक दूरीको अभ्यास लागु गरेको पाइन्छ ।
जोन्स हप्किन्स यूनिभर्सिटीले अमेरिकामा कोभिड-१९ का कारण दुई लाख २९ हजार मानिसले ज्यान गुमाएको जनाएको छ । अमेरिकी स्वास्थ्य विज्ञहरूले महामारीसँगै फ्लूको मौसम पनि आउन लागेकाले सङ्क्रमण र मृत्यु दर बढ्ने चेतावनी दिइरहेका छन् ।
ह्वाइट हाउसका कोभिड-१९ कार्यदलका सदस्य तथा सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले बुधवार सीएनबीसीसँग कुरा गर्दै 'देश गलत बाटोतर्फ गइरहेको' बताएका थिए । उनको भनाइ थियो, 'यदि अवस्था बलदिएन, अहिलेकै बाटोमा हिँडियो भने थप सङ्क्रमण, अस्पताल भर्ती र मृत्यु सबै कुराले देशमा ठूलो पीडामा धकेलिने बाटोमा जानेछौँ ।' (बीबीसी)
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_sSj89bMXBW_edpegcn68mm5yc4pxnyiurrh4puepuhiy26liti5lthr7eg2m4uynj4fkuin.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उड्न सकेनन् लडाकु विमान

प्रतिक्रिया