दोस्रो टेस्टमा पनि वेष्ट इण्डिजको मध्यम प्रदर्शन

काठमाडौँ : बंगलादेशसँगको दोस्रो टेस्टको पहिलो पालीमा वेष्ट इण्डिजले मध्यम प्रदर्शन गरेको छ । ढाकामा टस जितेर व्याटिङ थालेको वेष्ट इण्डिजले पहिलो दिनको खेल सकिदा ५ विकेट गुमाएर २२३ रन बनाएको छ ।
उसका लागि निकुरुवा बोनर नटआउट ७४ बनाएर क्रिजमा छन् । कप्तान क्रिग ब्रेथवेट ४७ रन बनाएर आउट भएपछि वेष्ट इण्डिजको पाली बोनरले सम्हालेका थिए । यस्तै जोन क्याम्पवेलले ३६ रन बनाउँदा जर्मिन ब्ल्याकवुडले २८ रन बनाए ।
बंगलादेशका अबु जायद र तैजुल इस्लामले समान दुई दुई विकेट लिए । ९० ओभरको खेलबाट वेष्ट इण्डिजले दोस्रो दिनको खेल थाल्नेछ । दुई खेलको टेस्ट क्रिकेट सिरिजमा वेष्ट इण्डिज १-० ले अघि छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया