आर्चरले भारतसँगको दोस्रो टेस्ट नखेल्ने

काठमाडौँ : इंग्ल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले भारतसँगको दोस्रो टेस्ट क्रिकेट गुमाउने भएका छन् । दाया हातको जोर्नीमा समस्या भएपछि आर्चरले दोस्रो टेस्ट गुमाउने भएका हुन् । पहिलो टेस्टपछि प्रशिक्षणका क्रममा उनको दाया हातको जोर्नीमा समस्या देखिएको थियो ।
बिहीबार जोर्नीको दुखाईका कारण उनी प्रशिक्षणमा अनुपस्थित रहे । शनिबारदेखि चेन्नेईमा दोस्रो टेस्ट सुरु हुनै लाग्दा आर्चर टिममा नरहने इंग्ल्याण्ड क्रिकेटले जनाएको छ । पहिलो टेस्टमा भारतलाई २२७ रनले हराउँदा आर्चरले तीन विकेट लिएका थिए ।
उनले भारतका ओपनर व्याट्सम्यानलाई समेत आउट गरेका थिए । आर्चरको अनुपस्थितीले इंग्ल्याण्डलाई दोस्रो टेस्टमा चुनौति देखिएको छ । यद्यपी उनी तेस्रो टेस्टमा टिममा फर्किने विश्वास इंग्लिस टोलीलाई छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया