थप २५०८ जनामा कोभिड-१९ संक्रमण, १६ जनाको मृत्यु

काठमाडौँः पछिल्लो २४ घण्टामा २ हजार ५ सय ०८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शनिबार देशभर दुई हजार २ सय ६४ जना कोभिड संक्रमणमुक्त भएका छन् । यो सँगै एक लाख ३१ हजार २ सय २२ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा १६ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । शुक्रबार १६ जना कोभिड संक्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ ।
त्यस्तै, क्वारेन्टाइनमा बसिरहेका संक्रमितको संख्या दुई हजार ४ सय १० जना रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

प्रतिक्रिया