खोला उत्खनन रोक्न गएका सशस्त्र प्रहरीमाथि भारतीय आक्रमण, तीन घाइते
वीरगन्ज : पर्साको जीराभवानी गाउँपालिका-१ पिपरडारीस्थित ओरीया खोलामा भइरहेको बालुवा तस्करी रोक्न गएका सशस्त्र प्रहरीको टोलीमाथि शुक्रबार बिहान भारतीयहरुले नेपाली भूमिमै छिरेर आक्रमण गरेका छन् । भारतीयहरुको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी जवानद्वय आयुष राय यादवको कन्चट फुटेको छ भने महेशप्रसाद यादवको देब्रे हात भाच्चिएको जानकारी प्राप्त भएको छ । दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले बताए । अर्का घाइते सशस्त्र प्रहरी जवान सुमन वस्तीको भने सेढवास्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।
भारतसँग सीमा जोडिएको पर्साको पिपरडारी गाउँस्थित ओरिया खोलामा भारतीय पक्षबाट भइरहेको बालुवा उत्खन्न रोक्न शुक्रबार बिहान सशस्त्र प्रहरी निरिक्षकद्वय बसन्त जिसी र केदार राइको नेतृत्वमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीबाट सशस्त्र प्रहरीको टोली खोलामा गस्ती गएको बेला बालुवा लोड गरिएका भारतीयका तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका ट्याक्टर लिएर आउने क्रममा खोला छेउका भारतको भंगाहा, इनर्वा र बिसनपूर्वा लगायतका गाँउबाट भाला, बेल्चा, लठ्ठी लगायतका घरेलु हतियार बोकेर आएका भारतीय तस्कर र गाउँलेको समूहले सशस्त्र प्रहरीको टोली माथि आक्रमण गरेको बुझिएको छ ।
नेपाली भूमिको ओरीया खोलामा भारतीयले गर्दै आएको बालुवा तस्करी रोक्ने क्रममा यसअघि पनि पटक-पटक नेपाली सुरक्षाकर्मीलाई भारतीयहरुले आक्रमण गरी घाइते बनाएका थिए । भारतीय सीमासंग जोडिएको नेपालको पिपरडारी, पाण्डेपुर र बिसुनपुर्वा अवस्थित दशगजा क्षेत्रमा ओरिया खोला पर्ने भए पनि ओरिया खोलाबाट भारतीयहरुले वर्षौदेखि बालुवा उत्खनन् गरेर भारततर्फ तस्करी गर्दै आएका छन् ।
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर

पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

‘हाम्रो माया घर’ निर्माणले गति लियो

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

प्रतिक्रिया