चीन पछि हलिउडमा पनि ‘दृश्यम’को रिमेक बन्दै, हिलारी स्वाङक मुख्य भूमिकामा

लसएन्जल्स : भारतमा जति पनि चल्तीका फिल्म उद्योग छन् ती सबैमा रिमेक भएको फिल्म हो ‘दृश्यम’ । हुँदाहुँदा यो फिल्म चाइनिज भाषामा पनि रिमेक भएको छ । यसरी चारैतिर रिमेक भएको यो फिल्मको दोस्रो भागको भर्खरै ट्रेलर सार्वजनिक भएको छ र ट्रेलरले जबर्जस्त प्रशंसा पाइरहेको छ ।
दोस्रो भागमा पनि पहिलो भागमा झैं मोहनलाल नै मुख्य भूमिकामा छन् । तर, यो फिल्म रिमेक हुने क्रममा हलिउड पनि पुग्ने भएको छ । यसका निर्देशक जितु जोसेफले हलिउडमा फिल्मको रिमेक हुने खबरको पुष्टि गर्दै मुख्य कलाकारको नाम पनि तय भएको जानकारी दिएका छन् । जोसेफका अनुसार यता मोहनलालले निर्वाह गरेको भूमिका हलिउडमा भने हिलारी स्वाङकले निर्वाह गर्नेछिन् ।
जोसेफले हलिउडका निर्माताले आफूसँग फिल्मको स्क्रिप्ट मागेको र केही दिनपछि उनीहरूले मुख्य भूमिकामा केटाको साटो केटी राख्दा केही फरक पर्छ भनेर सोधेको बताएका छन् । यता ‘दृश्यम २’ भने यही महिनाको १९ तारिखमा अमेजन प्राइममा रिलिज हुँदैछ । पहिलो भाग झैं यसको सिक्वेल अधिकार हिन्दीमा पनि बन्ने चर्चा छ ।
यसको पहिलो भागको हिन्दी संस्करणमा अजय देवगन र तब्बुले मुख्य भूमिका निर्वाह गरेका थिए । हिन्दी भाषाको निर्माण गरेका निर्माता कुमार मंगतले नै दोस्रो भागको पनि रिमेक अधिकार लिएको समाचार आएका छन् । यसले दोस्रो भागमा पनि अजय देवगनको सम्भावनालाई लिएर चर्चा सुरु भएको छ ।

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

प्रतिक्रिया