करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

जनकपुरधाम : महोत्तरीमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ । शनिबार विद्युत लाइन मर्मत गर्न पोलमा चढेको बेला करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बर्दिवासका कर्मचारी ४५ वर्षे गौरी पण्डितको मृत्यु भएको हो ।
करिब १० वर्षदेखि विद्युत प्राद्यिकरणमा कार्यरत पण्डित गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्यूज शाखामा ज्यालादारीमा कार्यरत कर्मचारी थिए । बर्दिबास नगरपालिका १ मा विद्युत लान मर्मत गर्न पोलमा चढेको बेला करेन्ट लागेर घाइते भएपछि उपचारका लागि उनलाई बर्दिवास जनसेवा अस्पताल पठाइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थ केयर हस्पिटलमा उनको मृत्यु भएको गौशाला वितरण केन्द्रले जनाएको छ ।

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

५३ लाख बढीमा बागवानीको आँप ठेक्कामा

प्रतिक्रिया