स्करपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

लहान : सिरहा-चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर चौकमा आज प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्करपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।
प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २-०२००१ झ ००५७ नम्बरको स्करपियो गाडीले स१ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका-१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो ।
स्कारपियो गाडी ठक्करबाट गम्भीर घाइते टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया