भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण

भारत : कोरोनाभाइरस विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ ।
भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो ।
'भारतले आजको मितिसम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ,' विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने ।
उहाँका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने एक करोड ६५ लाख खोप आर्थिक कारोवारसहित प्रदान गरिएको हो ।
माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा समेत खोप उपलब्ध गराउने भारतले योजना बनाएको प्रवक्ता श्रीवास्तवले जानकारी दिए ।
भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्धिपलगायतका क्षेत्रका देशहरुलाई खोप प्रदान गर्न चाहेको उनको भनाइ छ ।
भारतमा कोरोनाभाइरसको विरुद्धमा कोभिशिल्ड नाम खोप विकास गरी लगाउन थालिएको हो । यो खोप विश्वमा धेरै प्रयोग भएका खोपहरु मध्येमा पर्दछ । (एएनआई)

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_mnBKFaVmNf_guqqggqexg9stn6wmxsor2qiby4nvzhdloxmdrctlpcbbidvwg4acorksmvv.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

प्रतिक्रिया