आज सशस्त्र द्वन्द्वको थालनी भएको दिन, घाइते र बेपत्ताको अवस्था उस्तै !

काठमाडौँ : आज फागुन १ गते अर्थात ‘सशस्त्र द्वन्द्व’ सुरु भएकाे दिन । तत्कालिन विद्रोही नेकपा माओवादीले २०५२ साल फागनु १ गतेदेखि थालेको सशस्त्र द्वन्द्वलाई ‘जनयुद्ध’ दिवस भन्ने गरेपनि यसलाई जनयुद्ध मानिएको छैन् । सबै पक्षबाट सशस्त्र द्वन्द्वकै रूपमा यो परिचित छ । तत्कालिन विद्रोही समूह नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्व २०६२ मंसिर ५ गते बृहद शान्त्रि सम्झौतासँगै सकिएको थियो ।
तत्कालिन सरकार र विद्रोही माओवादीबीच वृहद शान्ति सम्झौता भएको थियो । सशस्त्र द्वन्द्वका क्रममा सत्र हजार बढीको ज्यान गएको थियो । हजारौँ घाइते भएका थिए । त्यसमध्ये तीन हजारभन्दा धेरै अझै बेपत्ता छन् ।
द्वन्द्वका क्रममा घाइते भएकाहरूले उपचार र राहत पाउन नसकेको भन्दै अहिले पनि गुनासो गर्ने गरेका छन् । तत्कालिन सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादीका नेताहरू सत्तामा पुगेपछि घाइते र बेपत्ताका परिवारलाई बेवास्ता गर्ने गरेको गुनासो पनि धेरैको छ ।
सशस्त्र द्वन्द्वकै बलमा नेपालमा २४० वर्षे राजतन्त्र समाप्त भएर लोकतन्त्र, गणतन्त्र र संघीयता आएको दाबी तत्कालिन माओवादीका नेताहरूले गर्ने गरेका छन् । तर संवैधानिक राजतन्त्र नमान्ने कांग्रेसको निर्णय र कांग्रेसको निर्णयमा सहमति जनाउने तत्कालिन नेकपा एमालेको निर्णयका कारण राजसंस्था सदाका लागि समाप्त भएको थियो । जनताको दुःख जहाँको त्यही रहेको र नेताहरू भने सत्ताको फोहोरी खेलमा लागेको घाइते र बेपत्ता भएका परिवारको आरोप छ ।
सशस्त्र द्वद्वको थालनी भएको दिनको सम्झनामा शनिबार काठमाडौँलगायत देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिएका छन् । नेकपा दाहाल-नेपाल समूहले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा कार्यक्रम गर्दैछ । यस्तै बेपत्ताका परिवारले बुद्धनगरमा कार्यक्रमको आयोजना गरेका छन् ।
सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाहरूको समस्या समाधान गर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गरेको छ । राजनीतिक दलका नेताहरूको सहमति र स्वार्थ नमिल्दा आयोगले प्रभावकारी काम गर्न सकेको छैन । आयोगका एक पटकका पदाधिकारीले आफ्नो कार्यकाल गुजार्दासम्म पनि समस्याको समाधान निस्किएन ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया