कौडा खेल्ने ३ जना ३ लाख ३२ हजार नगदसहित पक्राउ

जनकपुरधाम : महोत्तरीमा कौडा खेलेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो । शनिवार जिल्लाको मनरासिसवा नगरपालिका-६ बाँसघारीबाट गोप्य सूचनाको आधारमा प्रहरीले ३ जनालाई रंगेहात पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जिल्लाको मनरासिसवा नगरपालिका-७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साहलाई कौडा खेलीरहेको अवस्थामा नगदसहिद पक्राउ गरिएको जानकारी दिए । कौडा खेलिरहेका अन्य दुई जना फरार रहेको उनले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि जुवा मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले आजै महोत्ररीबाट लागू औषधसहित अर्का एक जनालाई पनि पक्राउ गरेको छ । शनिबार दिउसो सम्सी गाउँपालिका-६ सम्सी बजारबाट चेकजाँचको युवकलाई पक्राउ गरिएको हो । प्रवक्ता बिष्टका अनुसार भारतबाट अवैध रुपमा लागू औषध ल्याइरहेको सूचनाको आधारमा चेकजाँच गर्दा महोत्तरी बर्दिबास नगरपालिका ३ गौरी डाँडाका २४ वर्षका २४ को रणबहादुर ठारा मगरलाई पक्राउ गरिएको हो ।
मगरको साथबाट नाइट्रोभेट १० पिस, निट्राजेपाम १० पिस र स्पासमो प्रोक्सीभोन २४ पीस ट्याबलेटसहितका लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको बिष्टले जानकारी दिए ।

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

५३ लाख बढीमा बागवानीको आँप ठेक्कामा

प्रतिक्रिया