कोहली शून्यमै आउट, इंग्ल्याण्डविरुद्ध भारतको खराब प्रदर्शन

काठमाडौँ : इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा भारतले खराब सुरुवात गरेको छ । चेन्नेईमा टस जितेर ब्याटिङ सुरु गरेको भारतले आफ्ना महत्वपूर्ण व्याट्सम्यान सस्तैमा गुमाएको छ ।
कप्तान विराट कोहली खाता खोल्न नसकी आउट भए । उनलाई मोइन अलिले डकआउट गरेका हुन् । त्यसअघि ओपनिङ व्याट्सम्यान शुभमान गिल पनि खाता खोल्न नसकी पेभेलिएन फर्किए । चेतेश्वर पूजारा भने २१ रनमा आउट भए ।
लञ्च समयसम्म भारतले ३ विकेट गुमाएर १०६ रन बनाएको छ । भारतका ओपनर ब्याट्सम्यान रोहित शर्माले भने अर्धशतक बनाएका छन् । उनलाई उपकप्तान आजिन्क्या रहाणेले साथ दिइरहेका छन् । इंग्ल्याण्डका ओल्ली स्टोन र ज्याक लिचले एक एक विकेट लिए ।

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपीएलको फाइनलमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

प्रतिक्रिया