सांसद विश्वकर्माको उपचारमा गम्भीर बन्न सरकारलाई कांग्रेसको आग्रह
कोरोना संक्रमित विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद मीन विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारलाई विशेष अनुरोध गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग सांसद विश्वकर्माको उपचारमा गम्भीर बन्न आग्रह गरेका हुन् । विश्वकर्मा कोभिड-१९ संक्रमित भएर पहिला वीर अस्पतालमा र बढी भएपछि अहिले ग्राण्डी अस्पतालमा उपचाररात छन् ।
प्रमुख सचेतक खाणले शनिबार प्रधानमन्त्री ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाललाई टेलिफोन गरी विश्वकर्माको उपचारमा गम्भीर बन्न अनुरोध गरेका हुन । विश्वकर्मा कात्तिक ९ गते कोभिड संक्रमित भएका थिए ।
विश्वकर्माको फोक्सोमा निमोनिया भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टीलेटरमा राखी उपचार भइरहेको छ । उनको अवस्था गम्भीर बन्दासम्म पनि सरकारले उपचारमा ध्यान नदिएपछि खाणले टेलिफोन गरेरै अनुरोध गरेका हुन् ।

महिला उद्यमशिलताको प्रवर्द्धन गरिनुपर्छः मुख्यमन्त्री सिंह

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमका पिता लालबीर चौधरी

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छः सभामुख घिमिरे

बोली,आचरण र व्यवहार पार्टीलाई कसरी सदृढ बनाउने भन्ने हुनुपर्छ : मन्त्री आरजु

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

प्रतिक्रिया