‘कृष्णलीला’ गीतमा पुष्प र श्रद्धाको चाहना ‘निदाउँदा सिरानी हातको होस्’

काठमाडौं : चैत २७ लाई प्रदर्शन मिति तोकेको ‘कृष्णलीला’ ले पहिलो गीत सार्वजनिक गरेको छ । शुक्रबार फिल्मले ‘कुनै दिन यस्तो पनि.’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो ।
गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीले पूर्वका विभिन्न ठाउँमा प्रेमील भाव साटासाट गरेका छन् । सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् ।
दीपक ओलीको निर्देशनमा बनेको फिल्ममको गीत पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा खिचिएको हो । नयाँ वर्ष २०७८ को अवसर पारेर प्रदर्शन गर्न लागिएको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् ।
प्रेमकथा विधाको फिल्मको लेखन लक्ष्मण सुवेदी, छायांकन शिव ढकाल र बाबु श्रेष्ठ, द्धन्द्ध श्री श्रेष्ठको छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।
फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ ।अर्जुन जिसीको सम्पादन रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रकृतिमा परेको प्रभाव देखाउने कला प्रदर्शनी

नेटफ्लिक्समा आउँदैछ विश्वमा तहल्का मच्चाउने वेभ सिरिज

प्रतिक्रिया