'चोइटिएर गएकाहरू सडकमा अलपत्र परे !'

बुटवल : प्रधामन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबाट केही तत्व बाहिरिएको बताएका छन् । बुटवलमा शनिबार आयोजित आफू पक्षको सभालाई संम्बोधन गर्दै ओलीले विकास र सम्वृद्धि नचहाने तत्वहरू पार्टीबाट बाहिरिएको बताएका हुन् ।
जनसभामा बोल्दै ओलीले चोइटिएर गएकाहरू सडकमा अलपत्र रहेको टिप्पणीसमेत गरेका छन् । देशमा प्रतिगमन भएको भन्दै कुप्रचार गरेकोसमेत ओलीले प्रष्ट पारे । उनले भने,‘निर्वाचनमा जाने कुरा प्रतिगमन हुन्छ भन्ने कुरा कहीँ छ ?’
पार्टीमा रहेका केही व्यक्ति देश बनाउन भन्दा व्यक्तिगत लाभ लिनकै लागि वार्गेनिङ गर्ने गरेको प्रधानमन्त्रीले आरोप लगाए । आफूले राष्ट्रिय स्वाधिनता र सम्वृद्धिको काम गरे वापत प्रधानमन्त्री पद छोड्नु पर्ने प्रस्ताव आएकोसमेत उनले बताए ।
बुटवल सभाका तस्बिरहरू :
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया