रोहितको शतक, बलियो अवस्थामा भारत

काठमाडौँ : इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत बलियो अवस्थामा पुगेको छ । शनिबार चेन्नेईमा टस जितेर ब्याटिङ थालेको भारतले ओपनर ब्याट्सम्यान रोहित शर्माको शतक मद्दतमा पहिलो दिन नै ६ विकेट गुमाएर ३०० रन बनाएको छ ।
कप्तान विराट कोहली खाता खोल्न नसकी आउट भएपछि निकै खराब सुरुवातमा रहेको भारतका लागि रोहित शर्माले सुझबुझपूर्ण शतकीय इनिङ खेले । २३७ बलको सामना गरेका रोहितले १८ चौका र २ छक्काको मद्दतमा १६१ रन बनाउन सफल भए ।
उनको शतकीय इनिङले नै भारत बलियो अवस्थामा पुगेको हो । यस्तै उपकप्तान आजिन्क्या रहाणेले ६७ रन बनाए । शुभमान गिल खाता नखोली आउट हुँदा चेतेश्वर पुजाराले २१ रन मात्रै बनाउन सके । यस्तै रविचन्दन आश्विनले १३ रन बनाए । नटआउट रिषभ पन्त ३३ र अक्षर पटेल ५ रन बनाएर क्रिजमा छन् ।
इंग्ल्याण्डका ज्याक लिच र मोइन अलिले समान दुई दुई विकेट लिएका छन् । ओल्ली स्टोन र जोय रुटको नाममा एक एक विकेट छ । चार खेलको टेस्ट क्रिकेट सिरिजमा इंग्ल्याण्ड १-० ले अघि छ ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया