दोस्रो टी-ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

काठमाडौँ : पाकिस्तानसँगको दोस्रो टी ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । शनिबार राती भएको खेलमा दक्षिण अफ्रिकाले ६ विकेटको जित हात पारेको हो । जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको टी ट्वेन्टी सिरिज एक एकको बराबरीमा ल्याएको छ ।
लाहोरमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो । उसका लागि ओपनर तथा विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले सर्वाधिक ५१ रन बनाए । दक्षिण अफ्रिकाका ड्यानी पेरोट्रिसले ५ विकेट लिए । उनको धारिलो बलिङले पाकिस्तानका ब्याट्सम्यान सस्तैमा आउट भएका थिए ।
१४५ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकाले २२ बल बाँकी छदै ४ विकेट गुमाएर भेट्टायो । उसका लागि रिजा हेन्ड्रिक्स र प्रिट भान बिल्जोनले समान ४२ रन बनाए । पाकिस्तानका शहिन अफ्रिदीले दुई विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिका तीन खेलको सिरिज एक एकको बराबरी गर्न सफल भएको छ । अब आइतबार हुने तेस्रो टी ट्वेन्टी जित्ने टिमले सिरिज हात पार्नेछ । यसअघि भएको दुई खेलको टेस्ट क्रिकेट सिरिज भने पाकिस्तानले जितिसकेको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया