मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

टोटेनहमविरुद्ध म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी विजयी भएको छ । शनिबार राती भएको खेलमा सिटीले टोटेनहमलाई ३–० गोलले हराएको हो । सिटीको जितमा इकी गुण्डोगानले दुई तथा रोड्रीले एक गोल गरे ।

प्रिमियर लिगका पछिल्ला खेलमा टोटेनहमको खराब प्रदर्शन जारी छ । यसअघि लिभरपुलसँग हारेयता टोटनहम पछिल्ला खेलमा लगातार जसो पराजित छ । जितसँगै सिटी २३ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा छ । हार व्यहोरेको टोटेनहम २३ खेलबाट ३६ अंकसहित नवौ स्थानमा छ ।