गुनासोले भरिएको अष्ट्रेलियन ओपन

काठमाडौँ : यस पटकको अष्ट्रेलियन ओपन क्वारेन्टिन सम्बन्धि नियमले घेरियो । स्थानीय नागरिक विदेशबाट खेलाडी र अन्य अधिकारीका कारण कोभिड–१९ को संक्रमण बढ्ने भन्दै शंसकित देखिए । उता खेलाडी भने मेलबर्नको क्वारेन्टिन नियमले असन्तुष्ट देखिए । अझ क्वारेन्टिन अवधि सकिएपछि खेलाडीले राम्रोसँग अभ्यास गर्न नपाएको गुनासो पनि आइरहेको छ । जसका कारण प्रतियोगितामा प्रतिष्पर्धा नै असन्तुलित भएको बताइन थालेको छ ।
अंग्रेजी वर्षको पहिलो ग्रान्डस्लामका रुपमा रहेको अष्ट्रेलियन ओपनको ‘ड्र’ कार्यक्रम होटलमा राखिएको थियो । प्रतियोगितामा भाग लिन आएका खेलाडीलाई पनि क्वारेन्टिन सुविधा भएका होटलहरूमै राखिएको थियो । जहाँ खेलाडीका लागि अभ्यास गर्ने सुविधा पनि थियो ।
कोठाबाट बाहिर रहन खेलाडीलाई छुट नदिइएको होइन । उनीहरूलाई पाँच घण्टासम्म बाहिर रहन अनुमति थियो । जसमा उनीहरूले दुई घण्टा कोर्टमा रहन पाउँथे । तर सबै खेलाडीका लागि यस्तो सुविधा थिएन । कोभिड-१९ संक्रमण पुष्टि भएका खेलाडीका लागि कोठा बाहिर निस्कन छुट थिएन । अनि कवारेन्टिन अवधि पनि बाँकी खेलाडीको भन्दा लामो थियो ।
त्यसकारण धेरै खेलाडी कवारेन्टिन नियमका कारण निराश देखिए । लामो समय कोठा भित्र रहनु परेका कारण प्रतियोगिताका लागि आवश्यक आत्मविश्वास र लय प्राप्त नगरेको उनीहरूको भनाई थियो । फरक क्वारेनिटन अवधिका कारण प्रतियोगिताको ड्र मा खेलाडी मारमा परेको गुनासो पनि आइरहेको छ ।
प्रतियोगिताको पुरुष तर्फको ड्र मा केइ निशिकोरीले पहिलो चरणको खेलमा १५ औँ वरियताका पाब्लो कारेनो बुस्टको सामना गरे । त्यस्तै गुइडो पेल्लाले २२ औँ वरियताका बोर्ना कोरिक र भासेक पोसपिसिलले डानिल मेदभेदेभको । प्रतियोगिता फरक अवस्थामा खेलाइएको भएपनि उल्लेखित खेलाडीको नतिजामा फरक पथ्र्यो भन्ने तर्कसँग सहमत हुने ठाउँ छैन ।
उता महिला तर्फको उपाधिमाथि दाबेदारिता प्रस्तुत गर्न सक्ने धेरै खेलाडीहरू ढिलो मेलबर्न आइपुगे । जसले गर्दा उनीहरूको अभ्यासमा असर परेको भन्ने तर्कसँग केही हदसम्म सहमत हुने ठाउँ छ । तर यसो भनिरहँदा महिला तर्फको प्रतिष्पर्धामा सधैँ एकरुपता नहुने तथ्य बिर्सन मिल्दैन । यसपटक शीर्ष २४ मा रहेका मध्ये १० खेलाडी तेस्रो चरण पुग्न सकेनन् ।
होटल क्वारेन्टिनका कारण खेलाडीको प्रदर्शनमा असर पुगेको तर्कलाई पूर्णरुपमा स्वीकार गर्ने अवस्था नरहे पनि प्रतियोगिता सञ्चालनमा त्रुटि भने देखिन्छ । स्टार खेलाडीहरूलाई अभ्यासका लागि ठूलो कोर्ट प्रदान गर्ने देखि राम्रो कोठा प्रदान गरिएको आरोपलाई नजरअन्दाज गर्ने अवस्था छैन । यस परिप्रेक्षमा नोभाक जोकोभिचको प्रतिक्रिया महत्वपूर्ण छ । ‘विशेषगरी शीर्ष एक सय भन्दा बाहिरका खेलाडीहरूबाट गुनासो आउने गरेको छ । यस्तो गुनासो मैले विगत १५ वर्षदेखि सुन्दै आइरहेको छु’ जोकोभिचले गत अगस्टमा भनेका थिए ।
प्रतियोगिता सञ्चालनको मुख्य जिम्मेवारी लिएका टेनि अस्टे«लियाका प्रमुख कार्यकारी अधिकृत क्रेग टाइलेले शीर्ष खेलाडीहरूलाई केही न केही फरक सुविधा हुनु स्वभाविक रहेको बताउँछन् । ‘गुनासो स्वभाविक हो । तर टेनिस खेलको शीर्ष स्थानमा रहेका खेलाडीहरूले अरुले भन्दा धेरै सुविधा पाउँछन् नै । जो उत्कृष्ट छ उसको सम्मान बढी हुन्छ । यो खेलको नियम हो’, टाइलेको प्रष्ट पारे ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया