एसी मिलान र युभेन्टस पराजित

काठमाडौँ : इटालिएन सीरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलान र तेस्रो स्थानको युभेन्टस पराजित भएका छन् । शनिबार राती भएका खेलमा एसी मिलान स्पेजियासँग २-० गोलले पराजित हुँदा युभेन्टस नापोलीसँग १-० गोलले स्तब्ध बन्यो ।
एसी मिलानलाई हराउन स्पेजियाका गिउलो म्यागिरे र सिमोन बस्तोनीले गोल गरे । स्पेजियाको डिफेन्सका अगाडी मिलानका स्ट्राइकर गोल गर्न असफल रहे । ५४ प्रतिशत बल पोजिसनमा राखेपनि मिलानले ७ वटा प्रहार गरेको थियो ।
स्पेजियाले १७ प्रहार गर्दा दुई गोल गर्न सफल भयो । हार व्यहोरेपनि एसी मिलान २२ खेलबाट ४९ अंकसहित शीर्ष स्थानमा कायमै छ । स्पेजिया भने समान खेलबाट २४ अंकसहित १४ औँ स्थानमा छ ।
यस्तै युभेन्टसलाई हराउन नापोलीका लागि लोरेन्जो इन्सिग्निले गोल गरे । उनले खेलको ३१ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । हार व्यहोरेपनि युभेन्टस २१ खेलबाट ४२ अंकसहित तेस्रो स्थानमा कायमै छ । समान खेलबाट ४० अंक जोडेको नापोली भने चौथो स्थानमा उक्लिएको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया