कोभिड-१९ का कारण दुई जनाको मृत्यु

नेपालगन्ज : बाँकेमा एकैदिन कोभिड-१९का कारण दुई जनाको मृत्यु भएको छ । बाँकेमा उपचारका क्रममा दाङका दुई जना ७० वर्षीय कोभिड-१९ संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घोराही उपमहानगरपालिका-४ दाङका ७० वर्षीय वृद्धको र दाङ तुल्सीपुर उपमहानगरपालिका-१८ निवासी ७० वर्षीय कोभिड-१९ संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।
केन्द्रका अनुसार शनिवार बिहान मृत्यु हुने घोराही उपमहानगरपालिका-४ दाङका वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक ११ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसियुमा भर्ना गरिएको थियो । आइसियुमा उपचाररत उनको कार्तिक १२ गते कोभिड-१९ परीक्षण गर्दा पोजिटिभ पाइएको थियो ।
यसैगरी स्वास्थ्यमा समस्या आएपछि कार्तिक १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा भर्ना भएका दाङ तुल्सीपुर उपमहानगरपालिका-१८ निवासी ७० वर्षीय वृद्धको कार्तिक १४ गते गरिएको पीसिआर परीक्षण्मा कोभिड-१९ कार्तिक १५ गते पोजिटिभ देखिएको थियो ।
दुवै एउटै उमेरका व्यक्तिहरुको उपचार गर्दा गर्दै मृत्यु भएको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार बाहिरि जिल्लाबाट बाँकेमा आएर उपचार गर्दा ज्यान गुमाउने कोभिड-१९ संक्रमितको संख्या १९ पुगेको छ ।

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका तीन दाजुभाइ

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

प्रतिक्रिया