पन्तको अर्धशतक, भारत ३२९ रनमा अलआउट

काठमाडौँ : इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा भारत ३२९ रनमा अलआउट भएको छ । ६ विकेट गुमाएर ३०० रन बनाएको अवस्थामा आइतबार दोस्रो दिनको खेल थालेको भारत थप २९ रन जोड्दा अलआउट भएको हो ।
दोस्रो दिन भारतका विकेटकिपर ब्याट्सम्यान रिषभ पन्तले अर्धशतक बनाए । ७७ बल खेलेका उनले ७ चौका र ३ छक्काको मद्धतमा नटआउट ५८ रन बनाए । एउटा इण्डबाट आक्रामक ब्याटिङ गरेका पन्तले साझेदार नपाउँदा भारत अलआउट हुन पुगेको हो ।
यसअघि हिजो पहिलो दिन भारतका लागि रोहित शर्माले शतक बनाएका थिए । १६१ रनको शतकीय इनिङ खेलेका उनले भारतलाई बलियो अवस्थामा पुर्याएका थिए । उपकप्तान आजिन्क्या रहाणेले ६७ रन बनाए । कप्तान विराट कोहली र ओपनर शुभमान गिल डकआउट भए ।
इंग्ल्याण्डका मोइन अलिले चार तथा ओल्ली स्टोनले तीन विकेट लिए । इंग्ल्याण्डले आइतबार नै आफ्नो पहिलो पाली थालेको छ । खराब सुरुवात गरेको उसका लागि ओपनर रोरी बर्न्स खाता नखोली आउट भएका छन् । उनलाई इशान्त शर्माले एलबीडब्लु आउट गरेका हुन् ।
चार खेलको टेस्ट क्रिकेट सिरिजमा इंग्ल्याण्ड १-० ले अघि छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया