स्थानीय व्यवसायिक क्रियाकलापसँग सहकार्य गर्न ढकालको आग्रह

रुपन्देही : नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन् ।
बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै ढकालले उद्योग, व्यवसाय संचालनका क्रममा उद्यमीहरुले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्वले एकढिक्का भएर गम्भीरतापूर्वक कार्य गरिरहेको बताए ।
उनले भने, 'स्थानीय कतिपय समस्या स्थानीय संघले नै सुल्झाउने गरेको छ, र त्यो कार्य गर्न संघहरु नै सक्षम छन् । तर कतिपय विषय केन्द्रस्तरमा उठाउनु पर्ने हुन्छ, नीतिगत लबी गर्नुपर्ने हुन्छ, र त्यसका लागि महासंघ सधैं तत्पर छ ।'
ढकालले आफूलाई निर्वाचित गराउन रुपन्देही संघले गरेको साथ, सहयोग र समर्थनप्रति पनि आभार व्यक्त गरे । चुनावका बेलाजस्तो अहिले महासंघभित्र पक्ष, विपक्ष रहेको छैन भन्दै उहाँले अब हुन लागेका संघहरुका चुनावमा पनि सकभर सहमति र सर्वसम्मत विधिबाट नेतृत्व चुन्न आग्रह गरे ।
उनले तिक्तता र पक्ष विपक्ष भएर चुनावमा उठे पनि सबै उम्मेदवारबीच राम्रो सहकार्य, मित्रता र समझदारी हुने विश्वास व्यक्त गरे ।

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

प्रतिक्रिया