सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

सुन सस्तियो, चाँदी महंगियो

काठमाडौं : फागुन महिनाको पहिलो कारोबार भएको दिन आइतबार सुनको भाउ तोलामा एक सय रुपैयाँ सस्तिएको छ । माघ ३० गते सुनको भाउ ९० हजार ९ सय रुपैयाँ प्रति तोला पुगेको थियो । आइतबार सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउमा भने वृद्धि भएको छ । गत शुक्रबार एक हजार ३ सय २० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको थियो । आइतबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर एक हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।