कैलालीको राजमार्गमा देखियो पाटे बाघ

धनगढी : कैलालीको राजमार्ग क्षेत्रमा पाटे बाघ देखिन थालेको छ । जिल्लाको गौरीगंगा नगरपालिकाको राजीपुर र बडैपुरको बिचमा पर्ने पूर्वपश्चिम रामार्गको वन क्षेत्रमा बाघ देखिएको हो ।
गौरीगंगा नगरपालिका–८ कि वडासदस्य विनिता महरले वन क्षेत्रमा बाघ देखिन थालेको जानकारी दिइन् । बाघ घाँस काट्न गएका स्थानीयको पछि लागेको थियो भने जिल्लाकै उदासिपुरमा गाईमाथि समेत आक्रमण गरेको छ ।
यसअघि जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका करिब २७ वर्षीय दुर्गा चौधरीलाई शुक्रबार विहान बाघले आक्रमण गरि घाइते बनाएको थियो ।
सामुदायिक वनमा विवाहको लागि पात टिप्न गएका चौधरीलाई बाघले आक्रमण गरेको थियो । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट बाघ कैलाली भित्रिएको वनकर्मीले बताएका छन् ।

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

प्रतिक्रिया