बाँकेमा बेवारिसे शव व्यवस्थापन सुरु

नेपालगञ्ज : बाँकेमा बेवारिसे अवस्थामा रहेका शव व्यवस्थापन तथा सदगद् गर्ने कार्य सुरु भएको छ । लामो समयदेखि काठमाडौंलगायतका प्रमुख सहरहरुमा बेवारिसे लासहरु व्यवस्थापन गर्दै आएको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखाले बाँकेमा पनि सो कार्य सुरु गरेको हो ।
संस्थाका केन्द्रीय अध्यक्ष बिनय जंग बस्नेतको उपस्थितिमा बाँकेमा सो संस्थाको शाखा बिस्तार भएपछि शाखाले बेवारिसे अवस्थामा रहेको शव व्यवस्थापन कार्य सुरु गरेको बाँके संयोजक पुजा विश्वकर्माले बताइन् । उनका अनुसार, केही दिन अघि मात्रै पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुषको अन्तिम दाहसंस्कार संस्थाले बाँके र बर्दियाको सिमानामा रहेको मानखोलामा गरेको थियो ।
संस्थाले शनिबार मात्रै निल सागर बृद्धाश्रममा दुई जना बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको सदगद् गरेको छ । बृद्धाश्रममा आश्रित रहेकी महिला करिब ६० वर्षीया चन्द्रकला नामले बोलाइने महिलाको दुई दिन अघि मृत्यु भएको थियो । उनको शव भेरी अस्पताल नेपालगञ्जको शव गृहमा राखिएको थियो । उनको शवका अलावा १ महिना अघिदेखि करिब ७० वर्षीया पहिचान नखुलेका पुरुषको शव भेरी अस्पतालको शव गृहमा थियो ।
शव गृहमा रहको उक्त २ जना १ महिला, १ पुरुषको शव संस्थाले शनिवार नेपालगञ्जस्थित बुलबुलैया समसाघाटमा सदगद् गरेको छ । केन्द्रीय अध्यक्ष बिनयजँग बस्नेतको उपस्थितीमा जिल्ला संयोजक पुजा विश्वकर्मा, कार्यकारी निर्देशक भुपेन्द्र बस्नेत, पुनम गुरुङ, सहसचिव समुना पोखरेल र सहकारीकर्मी अम्बिका काफ्लेलगायतले मृतक दुई जनाको अन्तिम दाहसंस्कार गरेका थिए ।

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

प्रतिक्रिया