कस्तो आन्दोलन घोषणा गर्दैछ दाहाल-नेपाल समूह ?

काठमाडौँ: प्रतिनिधि सभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको नेकपा दाहाल-नेपाल समूहले आइतबार फेरि नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको दाहाल-नेपाल समूहले जनाएको छ ।
दाहाल-नेपाल समूहका युवा नेता विष्णु रिजालका अनुसार कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गर्न लागिएको हो । सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा चलिरहेका बेला दाहाल-नेपाल समूह सडक संघर्षमै केन्द्रित भएको छ ।
काठमाडौँ, विराटनगर, बुटवल र धनगढीमा शक्ति प्रदर्शन गरेको दाहाल-नेपाल समूहले थप रचनात्मक आन्दोलन गर्ने तयारी गरेको छ । विघटित प्रतिनिधि सभा पुनःस्थापना दाहाल-नेपाल समूहको मुख्य माग हो ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया