शव सुरक्षित राख्न समस्या, कर्मचारी र शिक्षक पनि शंकाको घेरामा

धनगढी : बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन् । माघ २१ गते विद्यालय गएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा भेटिएको थियो ।
मृतका परिवारले घटनामा संलग्न पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएपछि शव सुरक्षित राख्न समस्या हुन थालेको छ । शव सुरक्षित राख्न मिल्ने ‘मर्सरी बक्स’ नभएका कारण गन्हाउन थालेको जिल्ला अस्पतालका डा. वसन्त जोशीले बताए । ‘हत्या भएको तेस्रो दिन जिल्ला अस्पताल बैतडी पुर्याइएको भागरथीको शव भोलिपल्ट पोष्टमार्टम गरेका थियौँ,’ डा. जोशीले भने, ‘ अस्पतालले विभिन्न उपाय अपनाएर शव जोगाउने प्रयास गरेको छ। डिपफ्रिजमा आइस बनाएर काठको बाकसभित्र राख्दै शव चिस्याइरहेका छौँ । यसरी थप ३/४ दिलन पनि शव सुरक्षित राख्न समस्या हुने देखिन्छ ।’
सरकारी कर्मचारी र शिक्षक पनि शंकाको घेरामा
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथी हत्या प्रकरणमा अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेका छन् । उनले भने, ‘अपराधीको नजिकै पुगिसकेका छौँ । केही भेरिफाई हुँदैंछ । चाँडै नै दोषीलाई कारबाहीको दायरामा ल्याउँछौ ।’ उनले यसै साताभित्र दोषीलाई सार्वजनिक गर्ने तयारी भएको बताए ।
स्रोतकाअनुसार प्रहरीले सम्भावित व्यक्तिहरूको सूची बनाएको छ । सम्भावित अपराधीको सूचीमा सरकारी कर्मचारी, शिक्षक, भागरथीका परिचित अन्य व्यक्ति रहेको स्रोतको दाबी छ ।
विभिन्न तथ्य र सूचनाका आधारमा डेढ दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेको प्रहरीले अहिले उनीहरूको बयान भेरिफाई गरिरहेको छ । २१ मघमा विद्यालय गएकी भागरथीको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्टबाट भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको थियो ।

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

प्रतिक्रिया