रुट ६ रनमा आउट, इंग्ल्याण्डको खराब सुरुवात

काठमाडौँ : भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा इंग्ल्याण्डले खराब सुरुवात गरेको छ । चेन्नेईमा भारतलाई ३२९ रनमा अलआउट गरेर आफ्नो पहिलो पाली थालेको पाहुना टोली इंग्ल्याण्डले खराब सुरुवात गरेको हो ।
यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले ५ विकेट गुमाएर ५२ रन मात्रै जोडेको छ । उसका शीर्ष वरियताका सबै ब्याट्सम्यान आउट भइसकेका छन् । कप्तान जोय रुट ६ रनमै आउट भएका छन् । उनले पहिलो टेस्टमा दोहोरो शतक बनाएका थिए ।
रुटलाई अक्षर पटेलले रविचन्दन आश्विसनको हातबाट क्याचआउट गरेका हुन् । यस्तै रोरी बर्न्र्स खाता नखोली डकआउट भए । डोम सिब्ली १६, डन लवरेन्स ९ र बेन स्टोक्स १८ रनमा आउट भए । भारतका लागि आश्विनले तीन विकेट लिएका छन् ।
यसअघि पहिलो पालीमा भारतले ३२९ रन बनाएको थियो । उसका लागि रोहित शर्माले शतक बनाएका थिए । चार खेलको टेस्ट क्रिकेट सिरिजमा इंग्ल्याण्ड १-० ले अघि छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया