मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

अस्ट्रेलियन ओपनः हालेप पनि अन्तिम आठमा

काठमाडौँ: सिमोना हालेपले अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान पक्का गरेकी छिन् । आइतबार पोल्यान्डकी इगा स्वानटेक माथि ३–६, ६–१, ६–४ को जित दर्ता गर्दै रोमानियन स्टार मेलबर्नमा जारी प्रतियोगिताको अन्तिम आठमा पुगेकी हुन् । 

गत वर्ष स्वानटेकसँग फ्रेन्च ओपनमा हार ब्यहोरेकी हालेपले यस पटक भने वर्षको पहिलो ग्रान्डस्लाममा बदला लिन सफल भइन् । स्वानटेकले पेरिसमा करियरको पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन् ।