आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

धनगढी : कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ वर्षीया कला धामीको मृत्यु भएको हो ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले उनको मृत्यु भएको पुष्टि गरे । पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीलाई बाघले आक्रमण गरेको हो । हिजो मात्रै पाटे बाघ राजमार्ग क्षेत्रमा देखिएको थियो । वनकर्मीका अनुसार भारतको दुधुवा नेशनल पार्कबाट बाघ कैलाली भित्रिएको हो ।

याे पनि 

कैलालीको राजमार्गमा देखियो पाटे बाघ