प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजारले रोजगारी पाए : श्रम मन्त्रालय

काठमाडौँ : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजार बढीले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालू आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फागुन २ गतेसम्म ७ लाख ४३ हजार १ सय ६४ जना बेरोजगारको विवरण आएको बताए । आएका मध्ये १५ हजार ६ सय ७० जनाले पारिश्रमिकसहित रोजगारी सुरु गरिसकेको जानकारी मन्त्री चोधरीले जानकारी दिए ।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यरत २ लाख जना श्रमिकहरूको सामुहिक दुर्घटना विमा गरिएको पनि जानकारी दिए । मन्त्री चौधरीले सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड संकलन भएको बताए । उनले हालसम्म ९ वटा देशसँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको र ५ देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाइएको जनाए ।
कोभिड-१९ को कारणले विदेशमा रोजगारी गुमाई अलपत्र परेका १ सय ८७ जना कामदारलाई उद्दार गरिसकिएको र थप ३ महिलासहित ३९ जनाको उद्दारका लागि विभिन्न दुतावासमा पत्राचार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मन्त्री चौधरीले विभिन्न ऐन, नियम, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरू संशोधन तथा जारी भएको पनि जानकारी दिए । वैदेशिक रोजगार बोर्डबाट वैदेशिक रोजगारीमा मृत्यु भएका ६ सय ८८ जना मृतकका परिवारलाई ४८ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराइएको, अंगभंग भएका ६० जना कामदारलाई २ करोड ७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको, ४२५ जना कामदारको शव घर ठेगानामा पुर्याइएको र १७३ जनाको शव सम्बन्धित देशमा नै अन्त्येष्टि गरिएको उनको भनाइ छ । उनले सामाजिक सुरक्षा योजना संशोधन कार्यविधि २०७५ मा दोस्रो संशोधन भएको समेत जानकारी दिए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया