कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले राजीनामा दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएको बताएका हुन् ।
फेसबुकमा स्टाट्समा मानन्धरले आफूले निजी व्यस्तताका कारण राजीनामा दिएको बताएका छन् । उनले लेखेका छन्, ‘यो ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै मेरो निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकोले आजका मितिबाट राजीनामा दिएको व्यहोरा जानकारी गराउँदछु ।’
२०७४ चैत २८ गते मानन्धर कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए । उनले २ बर्ष १० महिना मुख्य न्यायाधिवक्ता भएर काम गरे । आफ्नो कार्यकाल समयमा आफूले सफलता प्राप्त गरेको पनि उनले बताएका छन् ।
कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा मिति २०७४ साल चैत्र २८ गते नियुक्त भई २०७७ साल माघ महिना सम्म आफ्नो...
Posted by Bidhya Bhusan Manandhar on २०२१ फेब्रुअरी १४, आइतबार

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

प्रतिक्रिया