दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वेन्टी सिरिज पनि पाकिस्तानले जित्यो
काठमाडौँ : दुई खेलको टेस्ट सिरिजपछि पाकिस्तानले टी-ट्वेन्टी क्रिकेट सिरिज पनि जितेको छ । आइतबार राती भएको तेस्रो तथा निर्णायक टी-ट्वेन्टी क्रिकेटमा ४ विकेटको जित हात पारेसँगै दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी ट्वेन्टी सिरिज पाकिस्तानले २-१ ले जितेको हो ।
लाहोरमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनायो । मध्यम चुनौति पछ्याउँदै जवाफी ब्याटिङ गरेको पाकिस्तानले ८ बल बाँकी छदै ६ विकेट गुमाएर १६९ रन बनाउँदै लक्ष्य भेट्टायो ।
पाकिस्तानलाई जिताउन मोहम्मद रिजवानले ४४ र कप्तान बाबर अजामले ४२ रन बनाए । हसन अलिले ७ बलमा दुई छक्का र एक चौकासहित नटआउट २० रन बनाउँदै टिमलाई जिताए । दक्षिण अफ्रिकाका तेब्रिज सास्मीले चार विकेट लिए ।
पाकिस्तानले यसअघि दुई खेलको टेस्ट क्रिकेट सिरिज पनि जितेको थियो । टेस्ट र टी-ट्वेन्टी सिरिज गुमाएको दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमणमा सान्तवनाका रुपमा एउटा टी-ट्वेन्टी खेल मात्रै जित्न सक्यो ।

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपीएलको फाइनलमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

प्रतिक्रिया