मन्त्रिपरिषद् पुनर्गठन तयारी, ओली समूहका दुई मन्त्री हटाइँदै

कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई हटाउने र रिक्त रहेको भौतिक विकास मन्त्रालय गरी थप तीन जनालाई मन्त्री बनाउन लागेका हुन् ।
हट्ने दुई जना मन्त्री प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली निकटका हुन् । उनीहरुलाई हटाएर नेकपा नेता माधवकुमार नेपाल समूहका चन्द्रबहादुर शाही, करवीर शाही र अम्मरबहादुर थापालाई मन्त्री बनाउन लागेको एक नेताले जानकारी दिए ।
केही समयअघि मुख्यमन्त्री शाहीविरुद्ध ओली समूहले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्री शाहीले माधवकुमार नेपाल समूहसँग मिलेर बहुमतबाट अस्वीकृत भएको थियो । नेपाल समूहलाई तीन मन्त्री दिने सहमतिमा मुख्यमन्त्री शाहीको मुख्यमन्त्री जोगिएको थियो ।
'मुख्यमन्त्री शाहीले शनिबार नै ओली समूहका दुइ नेतालाई राजीनामा दिन सुझाइ सक्नु भएको छ' शाही निकट ति नेताले भने 'आइतबार वा सोमबारसम्म नयाँ मन्त्रिमण्डल पुनर्गठन हुन्छ होला ।'
मुख्यमन्त्री शाहीविरुद्ध असोज २५ गते नेकपाका १८ जना सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै नेकपा कर्णालीमा विवाद चर्किएको थियो ।

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

राजतन्त्रकालमा १० वर्षमा मुद्दा सकियो, थप ४ वर्ष फ्रिमा थुनिदियो : प्रधानमन्त्री …

प्रतिक्रिया