आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

पार्टी विधिसम्मत चल्नुपर्छः नेता पौडेल

फाइल तस्वीर

बागलुङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टी विधिसम्मत तरिकाले चल्नुपर्ने बताएका छन् । बागलुङ क्षेत्र नम्बर २ का सांसद  समेत रहेका नेता पौडेलले पार्टीले निर्माण गरेको विधि, पद्धति र सिद्धान्तमा पार्टी चल्न नसक्दा मतभेद देखिएको बताए ।

बागलुङ क्षेत्र नम्बर २ का अगुवा कार्यकर्ता भेटका क्रममा नेता पौडेलले पार्टी र सरकारलाई जोड्नेदेखि भारतसँगको वार्ता गरी समस्या हल गर्ने कुरामा पार्टी दुई अध्यक्षले तदकरुपता देखाउनुपर्ने बताए  । यसअघि स्थायी कमिटीले दिएको प्रतिवेदनअनुसार पार्टी र सरकार चलाउने सहमति भए पनि पछिल्ला दिनहरुमा भएका केही कुराले गर्दा फेरि पार्टीलाई केही संकट परेका नेता पौडेलको भनाइ छ ।

‘७० वर्षसम्म विभिन्न साथीहरुको रगत पसिनाबाट बनेको पार्टीबाट हामी हुर्केका हौं, ’ नेता पौडेलले भने, इतिहासमा उहाँहरुले योग्दान नगरेको भए नभए हामी हुँदैनथ्यो  त्यसैले पद ठूलो कुरा होइन् ।’ पुष्पलाल र मदन भण्डारीलाई स्मरण गर्दै पौडेलले पार्टी भन्दा पद ठूलो कुरा नभएको स्पष्ट पारे ।  पार्टी निर्माणमा पुराना नेताको योग्दानका कारण अहिले दुई तिहाई जनमत प्राप्त भएकोले पदका लागि लुछाचुडी नगरि संविधानमा लेखेको समाजवाद उन्मुख राज्यप्रणालीमा रुपान्तरित हुन यहीपार्टीको नेतृत्व आवश्यक रहेको पौडेलले औल्याएका छन् ।

सांसद भएदेखि नै बागलुङ पश्चिमको विकासको लागि निरन्तर प्रयत्न गरिरहेको भन्दै पौडेलले पश्चिम बागलुङमा  मुख्य रुपमा मोटरबाटो, खानेपानी र आकाशे पुल पुरा गर्ने प्रतिवद्धताबाट पछि नहटेको बताए । नेता पौडेलले बडिगाड गाउँपालिकाको सिसाखानी, तमानखोला गाउँपालिकाको बोङ्गादोभान, निसीखोला गाउँपालिकाको निसी र बडिगाडकै  भीमगिठे, खालमा जन भेटघाट गरेका थिए ।

भेटघाटका क्रममा बागलुङ जिल्ला समन्वय समिति उपप्रमुख बिष्णु भुसालले पार्टीको मातहतबाट भएका कामको जनताले प्रचार गरी संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् ।