'गर या मर'को अवस्थामा कोलकाता

जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा शुक्रबार किंग्स इलेभेन पन्जाबले हार व्यहोरेसँगै कोलकाता नाइट राइर्डसको प्ले-अफमा पुग्ने गणितिय सम्भावना जिवित बनेको छ । पछिल्ला खेलहरुमा राम्रो प्रर्दशन गर्दै आएको पन्जाबलाई राजस्थान रोयल्सले हरायो । पन्जाबको पराजयले कोलकाताको मात्र होइन, राजस्थानकै पनि प्ले-अफमा पुग्ने सम्भावना जिवित बनेको छ ।
अब आइतबार साँझ कोलकाता र राजस्थान भिड्नेछन् । प्ले-अफको दौड रोचक बन्दै गएको अवस्थामा यी दुबै टीमलाई अनिवार्य रुपमा जितको आवश्यकता छ । कमजोर रनरेट भएको कोलकातालाई राजस्थानमाथिको जितले १४ अकं बनाउन मद्दत गर्नेछ । यदि उसका नजिकका प्रतिद्वन्द्वीले १४ अंक छुन सकेनन् भने कोलकाता प्ले-अफमा पुग्ने आफ्नो सपनामा अडिग रहन सक्नेछ ।
त्यसो त कोलकातालाई प्ले अफमा पुग्नका लागि आफ्नो खेल जितेर मात्र पर्याप्त छैन । पन्जाबले आफ्नो अर्को पनि खेल हार्नुपर्नेछ भने सनराइजर्स हैदराबाद पनि रोकिनु पर्नेछ । पन्जाबले चेन्नाई सुपर किंग्स र हैदराबादले मुम्बई इन्डियन्सको सामना गर्दैछन् ।
यता राजस्थानलाई पनि कोलकाताविरुद्वको खेलमा जित हासिल गर्नै पर्ने बाध्यता छ । जित दर्ता गर्न सके उसको पनि १४ अकं हुनेछ । सोमबारको खेलपछी दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोर मध्ये एक टोली पनि १४ अंकमै सिमित भएको अवस्थामा रनरेटको महत्व बढ्नेछ ।
यस पटकको आइपीएलमा कोलकाताको लयमा एकरुपता देखिएको छैन । उसले दिल्ली माथि ५९ रनको जित दर्ता गरेपछीका खेलहरुमा पन्जाब र चेन्नाईसँग पराजित रह्यो । शुभम गील र नितिश रानाको जोडीले कोलकातालाई सम्हाल्न खोजिरहे पनि आन्द्रे रसेलको अभावले उसलाई असर गरेको छ । अनि कप्तान इयोन र्मोगनको ब्याटिङ अपेक्षित रुपमा चल्न नसक्दा कोलकाता थप मारमा परेको छ ।
बलिङ तर्फ पनि कोलकाता निराश देखिएको छ । लोकी फर्गुसन र बरुण चक्रवर्थी बाहेकका बलर खासै जम्न सकेका छैनन् । १३ खेलमा आठ विकेट लिएका पाट कुमिन्सले बाँकी रहेको महत्वपुर्ण खेलमा निर्णयक प्रर्दशन गर्ने अपेक्षा भने गरिएको छ । (एजेन्सीहरुको सहयोगमा)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया