बजेटअभावमा कोभिड-१९ विरुद्धको खोप अभियान नरोकिने

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट अभावमा कोभिड-१९ विरुद्धको खोप अभियान प्रभावित हुन नदिने बताएको छ । राज्यमन्त्री नवराज राउतले सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको’ कोभिड-१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रियामा बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय र अन्य निकायसँग समन्वय गरिने बताए ।
उनले सरकारले निर्धारण गरेको प्राथमिकता र मापदण्डका आधारमा खोप लगाउन आग्रह गरे । कोभिसिल्ड खोपको गुण्स्तरियता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले पनि खरिद गर्न सक्ने मुल्यको आधारमा नेपालमा मान्यता दिइएको उनले बताए । त्यस्तै उनले कोरोना नियन्त्रणमा बर्तमान सरकारले उत्कृष्ठ काम गर्न सफल भएको दाबी गरे ।
कार्यक्रममा परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले कोभिसिल्ड खोप नेपाल सहित १६ वटा राष्ट्रमा प्रयोग भइरहेको भन्दै निर्धक्कका साथ लगाउन सबैलाई आग्रह गरे ।

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

प्रतिक्रिया