आलियालाई लिएर फिल्म बनाउँदै शाहरुख खान

मुम्बई : आलिया भट्ट बलिउडमा यस्तो नाम बनेकी छिन् जोसँग बलिउडका जोकोही हिरो काम गर्न चाहान्छन् । यो लिस्टमा शाहरुख खानको पनि नाम देख्नु भयो भने अचम्म नमान्दा हुन्छ । दुवैले एक साथ ‘डियर जिन्दगी’मा काम गरेका थिए र जुन फिल्म व्यापारिक र समीक्षक दुवै हिसाबले सफल मानिएको थियो ।
फिल्ममा दुवैको केमेस्ट्री रुचाइएको पनि थियो । फेरि एक पटक शाहरुख र आलिया काम गर्ने भएका छन् । तर, यो पटक शाहरुख पर्दा अगाडि देखिने छैनन् । आलिया भट्टले अभिनय गर्ने तय भएको ‘डार्लिङस्’ लाई शाहरुखको कम्पनी रेड चिल्लिजले निर्माण गर्नेछ ।
जसमित के रिनले निर्देशन गर्ने फिल्मले आमा छोरीको सम्बन्धको कथा पेस गर्छ । फिल्ममा आलियाको भूमिका भने सेफाली शाहले निर्वाह गर्नेछिन् । सेफालीबाहेक फिल्ममा विजय बर्मा, रोसन म्याथ्यु आदि कलाकार पनि रहनेछन् ।
आलियाले ‘गंगुबाई कठैयाबडी’को सुटिङ सके लगत्तै यो फिल्मको सुटिङ थाल्नेछिन् । फिल्म यही वर्ष रिलिज गर्ने तयारी भइरहेको पनि रेड चिल्लिजलाई उद्धृत गर्दै लेखिएको समाचारमा उल्लेख गरिएको छ ।

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

प्रतिक्रिया