एपीएफ महिला लिग उपाधि नजिक

काठमाडौँ: शसस्त्र प्रहरीको एपीएफ महिला राष्ट्रिय फुटबल लिग उपाधि नजिक पुगेको छ । सोमबार विभागिय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २-१ पराजित गरेपछि एपीएफलाई अब लिग च्याम्पियन बन्न एक जित मात्रै आवश्यक छ । एपीएफको जितमा रविना गोलेले एक गोल गरिन् भने विजयी टिमले अर्को गोल उपहार पायो । पुलिसकी गोलरक्षक घिम कुमारी गुरुङले आत्मघाती गोल गरिन् भने अमृता जैशीले पराजित टिमका लागि एक गोल फर्काइन ।
सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएका खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा घिमले आत्मघाती गोल गरेपछि एपीएफले खेलमा अग्रता बनायो । तर त्यसको छ मिनेटपछि अमृताको गोलले पुलिसले खेल बराबरीमा ल्यायो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी रविनाले ८६ औँ मिनेटमा गोल गरेपछि एपीएफको जित सुनिश्चित भयो ।
जितपछि लिग लिडर एपीएफले १० खेलबाट ३० अंक बनाएको छ । दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको समान खेलबाट २५ अंक रहेको छ । पराजित पुलिस भने चौथौँ स्थानमा सिमित छ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया