शून्यमा आउने कि प्रतिनिधि सभा ब्युताउँने ?

काठमाडौँ : व्यवस्था राख्ने कि मास्ने ? संविधान कुल्चिने वा बचाउने ? प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा सुनुवाइ चलिरहेको मुद्दामा मूल बहस यसैमा केन्द्रित छ । सोमबार रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले मूल मुद्दाको मूल विषयमा न्यायाधीश केन्द्रित बहस गरे ।
उनले बहस ढिलो चाँडो सकिने भएपनि न्यायाधीशको बुझाई र व्याख्याले मात्रै फैसला आउने बताए । बाहिर आम मानिसले भन्ने, कानुन व्यवसायीले बहस गर्ने र सरकारले निरन्तर नियन्त्रण गरिरहने भएपनि न्यायाधीश ‘कन्भिन्स’ भएपछि मात्रै जनताको पक्षमा फैसला आउने बताए ।
तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा अरु मुद्दा जस्तो सामान्य र असामान्य विषय नभएको उनको तर्क थियो । संविधान बचाउने वा कुल्चिने ? शासकलाई अदालत नियन्त्रण गर्न दिने वा संविधानको व्याख्या गर्ने ? भन्दै वरिष्ठ अधिवक्ता थापाले न्यायाधीश केन्द्रित बहस गरे ।
बहसका क्रममा उनले भने, ‘श्रीमानसमक्ष मेरो विनम्र निवेदन छ, श्रीमानले जे बुझ्नु हुन्छ । त्यही फैसला गर्नुहुन्छ । जसरी कन्भिन्स हुनुहुन्छ । त्यसरी नै फैसला गर्नुहुन्छ ।’ तर फैसलापछि कस्तो ‘फिलिङ’ आयो ? भनेर सोध्दा जवाफ दिन सकिने फैसला गर्नुपर्नेतर्फ पनि उनले जोड दिए ।
‘श्रीमान पाँच जना हुनुहुन्छ । बहस गर्ने हामीलाई पनि बोलाउनु होला’ उनले अगाडी भने, ‘फैसला आएपछि कस्तो फिलिङ आयो ? सोध्नेछौं । यो बहस संविधान बचाउने, व्यवस्था जोगाउने बहस हो । मुद्दा हो ।’
प्रतिनिधि सभा पुनःस्थापना नभएको खण्डमा संविधान शून्यमा जाने र न्यायाधीश पनि शून्यमा जाने अवस्था आउन सक्ने थापाले तर्क गरे । ‘श्रीमानहरु के शून्यमा आएको हो ? यो संविधानमा शून्य हो र ?’ उनले थप अगाडी प्रश्न गर्दै सोधे, ‘यो फैसलापछि पाँच जना श्रीमान बसेर हेरौँ । हामी पनि बसौला । साच्चै कस्तो फिलिङ आयो ?’
राजनीतिक दलले सत्ता र शक्ति पाए जस्तोसूकै निर्णय र कदम उठाउने गरेको पनि उनले सुनाए । तर संविधानलाई व्याख्या गर्ने अधिकार पाएको न्यायपालिकाले व्यवस्था बचाइ राख्ने दायित्व निर्वाह गर्नुपर्नेमा थापाले जोड दिए ।

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

प्रतिक्रिया