‘कोभिडभन्दा समाजको तिरस्कार जित्न गाह्रो’

पोखरा : पोखराका फोटो पत्रकार राम गुरुङ बाहिर निस्कँदा अनिवार्य मास्क लगाउँथे । सेनिटाइजर र पन्जाको पनि प्रयोग गर्थे । भौतिक दूरी कायम गरेकै थिए । भेटघाट पातलिएको थियो ।
तर उनलाई सामान्य शरीर, ढाड र छाती दुख्ने जस्ता लक्षण देखियो । कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले असोज २१ गते स्वाब दिए । २३ गते बेलुका उनको रिपोर्ट पोजिटिभ आयो ।
२४ वर्ष अगाडि मुटुको भल्ब फेरेर लगातार औषधि खाइरहेका उनलाई कोभिड १९ संक्रमण भैहाले पनि केही हुँदैन भन्ने त लागेको थियो । तर मुटु रोगी भएकाले स्वभाविक रुपमा डर पनि थियो । डर लागे पनि गुरुङले आत्मबल बलियो राखे ।
मुटुको भल्ब फेरे पनि उनी कहिल्यै मुटुरोगी हुँ भनेर बसेनन् । सगरमाथा र अन्नपूर्ण हिमाल आधार शिविरका म्याराथानमा भाग लिए । उचाइमा जाँदा समस्या हुने हेक्का हुँदाहुँदै पनि आत्मबल बढाएर ५ हजार ६ सय १६ मिटर उचाइको भन्ज्याङ थोरङ सजिलै पार गरे ।
त्यही आत्मबलकै कारण गुरुङले कोरोनाबाट मुक्ति पाएका छन् । संक्रमण पुष्टि भएको २५ औं दिनमा गुरुङ कोभिडमुक्त भएका छन् । कोरोनाबाट बच्न आत्मबल उच्च बनाएर सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ । ‘संक्रमितले उच्च बनोबल राख्नुपर्छ । खानपानमा ध्यान दिनोस् ।’ उनी भन्छन्, ‘रसिलो पोषिलो तातो झोल, बेसार पानी, प्रोटिनयुक्त खाना, फलपूmल खानोस्, ‘फ्रिजमा राखेको चिसो केही पनि सेवन नगर्नोस् । रक्सी, चुरोट त छुँदै नछुनोस् । बस यति गरेपछि तपाइँले पनि मैले जस्तै सजिलै कोरोनालाई परास्त गर्नु हुन्छ ।’
दिर्घरोगीलाई कोरोना लागेपछि ज्यानै जान्छ भन्ने हल्ला छ । तर गुरुङले त्यसलाई गलत सावित गरिदिएका छन् । आफू मुटुरोगी भए पनि कोरोना जितेका छन् । ‘मुटुरोग लागेपछि जीवन नै सकियो जस्तो गरी पीर मानेको देखेको छु । सुनेको छु ।’ गुरुङ भन्छन् ‘समस्या पीर मानेर सुल्झिँदैन । के खान हुने के नहुने हेक्का राखेर अनुशासित बन्नुपछ । उनी कोरोना लागेका सबैलाई उच्च मनोबल बनाउन सुझाव दिन्छन् ।
रोगले भन्दा पनि तनावले ज्यान लाने हो कि भनेर उनले आफैंले आफैंलाई सम्झाइरहे । उनी कोरोना संक्रमण हुँदा कहिल्यै नकारात्मक सोचेनन् । कोरोना जित्छु भनेर सकारात्मक नै सोचिरहे । गुरुङ भन्छन्, ‘धेरैले कोरोना जितिरहेका छन् भने मैले पनि कोरोनालाई जित्छु भन्ने ठानेँ । मरिन्न भनेर ढुक्क बसेंँ ।’ उनी जतिनै सकारात्मक बसे पनि मानसिक असर भने खेपेको बताउँछन् । ‘तर, पनि यो बीचमा खेपेका मानसिक असरहरु थुप्रै छन् । सामाजिक दुव्र्यवहार र अपहेलना अझै जित्नै बाँकी नै छ, कोभिडभन्दा समाजको तिरस्कार जित्न गाह्रो’ उनले थपे ।
संक्रमितलाई माया र प्रेरणा दिनुपर्ने उनको तर्क छ । कोरोना निको पार्ने औषधि आफन्त र साथीसंगीको शुभेच्छा, हौसला र प्रेम रहेको उनको अनुभव छ । ‘कोरोना संक्रमण हुनु भनेको ठूलै अपराध गरे जस्तो व्यवहार समाजमा संक्रमितले भोगिरहेका छन्,’ भन्छन्, ‘त्यसैले कोरोना संक्रमितलाई हेला नगरौं, ऊर्जा दिऔं ।’
_rRUfFU7LAg_iipa0fmbp3a1figd2olcyo0qwapfukk2yonvfcgkrdjag1iarvptzd87s9gd_n6IVQvtiRA_r4imjmoxju2u1p51upivdbmxuddjkrpu29yb2bgg44gpibclxrfcadbnytfj.jpg)
चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र

काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

घलेगाउँमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह हुँदै

महिलाहरुलाई सङ्गीत सीप सिकाउन मादल बजाउने तालिम

औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

प्रतिक्रिया