धोनीको बायोपिकमा सुशान्तसँग काम गरेका सन्दीपले गरे आत्महत्या, बाँच्ने इच्छा नभएको सुसाइड नोट

काठमाडौँ : केही समयअघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपुतका साथी सन्दीप नाहरले पनि आत्महत्या गरेका छन् । बीबीसी हिन्दीका अनुसार मुम्बई गोरेगाउँ घरभन्दा केही पर उनले आत्महत्या गरेका हुन् ।
यद्यपी आत्महत्याबारेमा थप अनुसन्धान भइरहेको मुम्बई प्रहरीले जनाएको छ । महेन्द्रसिंह धोनीको बायोपिकमा सुशान्त र सन्दीपले एकसाथ काम गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नोट पोस्ट गरेर उनले आत्महत्या गरेको बिबिसीले हिन्दीले जनाएको छ । फेसबुकमा अब बाँच्ने इच्छा नभएको भन्दै सुसाइट नोट पोस्ट गरेको केही समयमै उनी पारिवारिक तनावमा रहेको वास्तविकता पनि खोलेका थिए । पारिवारिक तनावका कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।
सुशान्तसिंह राजपुतले पनि घरमै आत्महत्या गरेका थिए । उनले आत्महत्या गरेपछि अनुसन्धानका क्रममा लागुऔषध मुद्दामा बलिउडका अन्य कलाकार पनि मुछिएका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया