दोस्रो टेस्टमा भारतको जित, सिरिजमा बराबरी

काठमाडौँ : इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । मंगलबार ४८२ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६४ रनमै अलआउट भएपछि भारतले ३१७ रनको फराकिलो जित हात पारेको हो ।
इंग्ल्याण्डलाई अलआउट गर्न भारतका डेब्यु स्पिनर अक्षर पटेलले पाँच विकेट लिए । उनले पहिलो पालीमा दुई विकेट लिएका थिए । यस्तै रविचन्दन आश्विनले तीन तथा कुलदिप यादवले दुई विकेट लिए । इंग्ल्याण्डका मोइन अलिले ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
त्यसअघि चेन्नेईमा टस जितेर ब्याटिङ थालेको भारतले पहिलो पालीमा ३२९ रन बनाएको थियो । उसका लागि रोहित शर्माले १६१ रन बनाए । यस्तै आजिन्क्या रहाणेले ६७ र रिषभ पन्तले ५८ रन बनाए । इंग्ल्याण्डका मोइन अलिले ४ विकेट लिए ।
इंग्ल्याण्डले पहिलो पालीमा १३४ रन बनायो । उसका लागि बेन फोक्सले ४२ रन बनाए । भारतले दोस्रो पालीमा २८६ रन बनायो । भारतका लागि रविचन्दन आश्विनले शतक बनाए । कप्तान विराट कोहलीले ६२ रन बनाए ।
पहिलो पालीमा १९५ रनको अग्रता जोगाएको भारतले समग्रमा ४८२ रनको लक्ष्य इंग्ल्याण्डलाई दियो । विशाल लक्ष्य पछ्याएको इंंग्ल्याण्ड भने १६४ रनमै अलआउट भयो । जितसँगै भारतले चार खेलको टेस्ट सिरिज एक एकको बराबरीमा ल्याएको छ । पहिलो टेस्ट भने इंग्ल्याण्डले जितेको थियो ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया