शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

राष्ट्रपतिले हनुमानढोका पुगेर गरिन् वसन्त श्रवण

तस्बिर : सुनील सी बज्राचार्य/राष्ट्रपति कार्यालय

काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छन् । नेपाल पञ्‍चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १० बजेर १७ मिनेटमा हनुमानढोकाको नासलचोकका मुल पूजारीबाट वसन्त श्रवण गरेकी हुन् ।

आज सरस्वती पूजा तथा  माघ शुक्ल पञ्‍चमीका दिन मनाइने ‘श्रीपञ्‍चमी’ पर्व विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ। वसन्त श्रवणमा राजतन्त्रको समयमा राजा जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने चलन छ ।