एलिजाको ठाउँमा लक्ष्मी लिँदै ‘घिन्ताङ’को घोषणा

काठमाडौं : लामो समयपछि निर्देशनमा फर्किएका दीपक श्रेष्ठले मुख्य भूमिकामा एलिजा गौतम र गौरब पहारीलाई लिँदै ‘घिन्ताङ’ बनाउने घोषणा गरेका थिए । दोस्रो फिल्मको खोजीमा व्यग्र रहेकी एलिजाले सम्झौता गर्दाको फोटो आफैं सार्वजनिक गर्दै नयाँ फिल्मका लागि उत्साहित रहेको बताएकी थिइन् ।
तर, सुटिङको समय नजिकिँदै जाँदा उनको उत्साह ठन्डा भयो । केही दिन अघि उनले फिल्म छाडेको खबर आयो । मंगलबार कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गर्दा एलिजाको ठाउँमा लक्ष्मी बर्देबा देखिइन ।
मन्दिरा मधुश्रीको कथा ‘मासुको मूल्य’मा आधारित कथाले जिविकाका लागि मादल बजाउने युवाको गरिबीको कथा प्रस्तुत गर्छ । फिल्ममा गौरब पहारीले शीर्ष चरित्र निर्वाह गर्नेछन् ।
पछिल्लो समय ‘रङ वे’ चलचित्र बनाएका निर्देशक श्रेष्ठले आफूले बनाएका दुई दर्जन चलचित्रमध्ये ‘घिन्ताङ’ बिल्कुलै फरक कथामा बन्न लागेको जनाएका छन् । फागुनको दोस्रो साताबाट फ्लोरमा जाने भनिएको फिल्मको काठमाडौं र चित्लाङमा सुटिङ हुने जानकारी गराइएको छ । फिल्मका निर्माता राज लामा हुन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया